मेरो अस्तित्व !

 येति विशाल ब्रह्माण्डको एउटा सानो ग्यालेक्सी मिल्की वेय ग्यालेक्सी र त्यो ग्यालेक्सी को एउटा सानो तारा सुर्य र त्यो सानो तारालाई घुम्ने एउटा सानो ग्रह पृथ्वी र पृथ्वीको सानो देश नेपाल अनि नेपालको सानो जिल्ला चितवन अनि चितवनको सानो सहर भरतपुर र त्यो सानो सहरको एउटा सानो घरमा बस्ने घरकै सबैभन्दा सानो सदस्य म,अनि अचम्म लाग्छ कि ब्रह्माण्डले मलाई देख्छ कि देख्दैन,देख्छ भने कस्तो देख्छ होला अनि त्यस अर्थमा त म त सुन्य बराबर नै हो कि ? 

तर पनि ब्रह्माण्डको एउटा अणु जत्तिकै सानो भएता पनि अणु जस्तै शक्तिसाली छु जस्तो पनि लाग्छ , ब्रह्माण्डलाई कल्पनामा समेटन सक्ने तागत छ जस्तो लाग्छ!

Comments