शायद, म तयार छैन कि ?
यत्तिका वर्ष बितिगयो, केही त भइएछ, तर त्यो पत्ता लगाउन कति समय लाग्ने हो कुन्नि !
आखिर तिमी मानुष जे सुकै गर या एउटा तिन्को पनि नउचाल, समय त जाने वाला छ, घडीको टिकटिक त कुनै पलामा रोकिएला तर उमेरले नेटो काटेको अत्तोपत्तो नै नहुँदो रहेछ ।
काधँमा धेरै जिम्मेवारी र व्यवहार सम्हाल्नुपर्नेछ, आफूले कतिबेर लगाएर तयार पारेको प्रस्तुतिको लागि अझै अक्क न बक्क भइन्छ। जीवनमा कहिल्यै नदेखेको, कहिल्यै नभोगेको कुरा आइपर्दा र त्यो कुरा मेरो विपक्षी रणभूमिमा उत्रदा, त्यो समयको लागि, शायद म तयार छैन कि ?
भन्छन् मान्छेले भोगाइबाट सबै कुरा सिक्दै जान्छ तर कस्तो हुने हो, यदि त्यो पल सिक्न नपाउँदैको अन्तिम भोगाइ पो हुने हो कि ? शायद, म यसको लागि तयार छैन कि ?
Comments
Post a Comment